काठमाण्डौं, २२ जेठ–नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले आज (मंगलबार) आईसीसी टी(२० विश्वकपको सुरुवात गर्दै छ।

खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ।

यसपछि दोस्रो खेल नेपालले जुन ११ मा श्रीलंकाविरुद्ध खेल्नेछ।

उक्त दुई खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिज जानेछ।

त्यहाँको सेन्ट भिन्सेन्ट रंगशालामा नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशविरुद्ध खेल्नेछ।

नेपाल १० वर्षपछि दोस्रोपटक विश्वकपमा भिड्न लागेको हो।

नेपाली टोलीः
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *