दमक, २५ जेठ–दमक अस्पतालले हाईड्रोसिल भएका बिरामीहरुका लागि निःशुल्क सल्यक्रिया गर्ने भएको छ । कोशी प्रदेश सरकार र दमक नगरपालीकाको सहकार्यमा आज (शुक्रबार) बाट सुरु भएको निशुल्क सल्यक्रियामा हाईड्रासिल सम्बन्धीका सम्पुर्ण उपचार गरिने अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

शुक्रबार, दमक–१ फाल्गुनन्द चौकस्थित दमक अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सुचना अधिकारी तथा प्रशासन प्रमुख डाक्टर अनुपम घिमिरेले आगामी असार २५ गतेसम्म एक महिना हाईड्रासिल सम्बन्धी निशुल्क सल्यक्रिया सेवा सञ्चानल गरिने जानकारी दिनुभयो ।

आगामी एक महिनासम्म हप्तालको ६ दिन निशुल्क सल्यक्रिया र आवस्यक औषधिसमेत उपलब्ध गराईने बताउनु भयो । एकजना बिरामीको अप्रेसन गरेको मात्रै १० हजार रुपैयाँसम्म खर्च लाग्ने र अन्य औषधिहरुको समेत गर्दा धेरै रकम खर्च हुने भए पनि शिबिरमा भने निशुल्क अप्रेसनसहित औषधि उपलब्ध गराईने डाक्टर घिमिरेले बताउनुभयो । कुनै पनि रोगका कारण अण्डकोश सुन्निएका पुरुष बिरामीहरुलाई पुरै बेहोस नबनाईकन अप्रेसन गरिने अस्पतालका प्रशासन प्रमुख डा घिमिरेले बताउनु भयो ।

दमक अस्पतालमा दैनिक यस प्रकारका बिरामीहरु आउने गरेका कारण यसको शिबिरनै सञ्चालन गर्नु परेको अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा। कृष्ण शाहले बताउनु भयो । हात्तिपाईले रोग, हर्नियाँ बिग्रिएर, क्यान्सर भएर अथवा अन्य संक्रमणबाट पनि पुरुहरुमा हाईड्रोशिल हुने गरेको डा। शाहले जानकारी दिनुभयो ।

नगरबासीका हरेक किसिमा स्वास्थ्य उपचार सहज ढंगले उपलब्ध गराउने गरी यो कार्यक्रमको आयोजना गरिएको दमक नगर उपप्रमुख रेगिना भट्टराईले बताउनु भएको छ । नगरपालीकाले सञ्चालन गरेको यस कार्यक्रममा सहभागी बनि लाभ लिन उहाँले सबै बिरामीहरुलाई आग्रह गर्नुभएको छ ।

पछिल्लो समय धेरै रोगहरुका बिषेशज्ञ चिकित्सकहरुबाट सेवा प्रदान प्रदान गर्दै आएको दमक अस्पतालमा बिरामीहरुको चाप दैनिक रुपमा बढ्दै गएको छ । अस्पतालको सेवालाई सुधार गर्दै नगरबासीका हरेक किसिमका स्वास्थ्यमा सुलभ र बिस्वासिलो उपचारमा दमक अस्पतालको बिस्वसनियता बढ्दै गएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा दमक नगर प्रमुख तथा दमक अस्पतालका अध्यक्ष रामकुमार थापा, दमक–१ का अध्यक्ष हरिप्रसाद न्यौपाने, दमक अस्पतालका मेडिकल स्ुपरिटेन्डेन्ट डाक्टर कृष्ण साह लगायतको सहिभागिता थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *