दमक, ३१ जेठ–दमक नगर इसाई समाजले आज दमकमा ‘एकदिवसीय विद्यार्थी जीवनवृति परामर्श गोष्ठी’ कार्यक्रम सम्पन्न गरेको छ । युवा विद्यार्थीहरुले आगामी दिनको योजना बनाउने, भविश्यमा सफल र उत्कृष्ट जीवनयापन गर्न सैन्द्धान्ति तथा व्यवहारिक पक्षहरुका बारेमा जानकारी दिने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
दमकस्थित होटल फाइनमा बिहिबार, आयोजित परामर्श गोष्ठीमा दमकका स्थानीय विद्यालय, कलेज र क्याम्पसहरुमा अध्ययनरत ६३ जना विद्यार्थीहरुको सहभागिता थियो ।
गोण्ठीमा काठमाण्डौं नयाँबानेश्वरस्थित केएमसी कलेजका अध्यापक राजन पौडेलले सहजिकरण गर्नुभएको थियो । सो क्रममा सहजकर्ता तथा प्रशिक्षका पौडेलले करियर भनेको के हो ? क्यारियर योजना र क्यारियर विकास बीचको भिन्नता, क्यारियर योजना सुरु कहिलेबाट गर्ने ? लगायतको विषयमा त्यसका शिर्षकहरुसहित सहभागि विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
त्यसैगरी, सो परामर्श गोष्ठीका सहजकर्ता तथा प्रशिक्षक पौडेलले सहभागि विद्यार्थीहरुलाई नेतृत्व विकास र रणनीतिक योजनाका बारेमा समेत स्पष्ट बनाउनुभएको थियो ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङको अध्यक्षतामा एकदिवसीय गोष्ठी सम्पन्न भएको थियो । गोण्ठीमा कर्नरस्टोन फाउडेशन दमक–१, ग्यारेज क्याफे दमक–६, ग्रीनवे एजुकेशन एकाडेमी दमक–५ ले आर्थिक सहयोग गरेको भन्दै कदरपत्र समेत प्रदान गरिएको थियो ।
नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा गोष्ठी आयोजना भएको थियो । प्रमुख अतिथि थापाले विद्यार्थीहरु अध्ययनको शिलशिलामा देश छाडेर बिदेशतर्फ जाने क्रम बढ्दो अवस्थापप््रति चिन्ता व्यक्त गर्नभयो । वहाँले यहि क्रम बढिरहने हो भने देशभित्र संचेत तथा पढेलेखेका युवाहरु रित्तिने भन्दै आजका युवाहरुले यहि सम्भावनाहरु खोज्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तैं, सोही गोष्ठीमा दमक नगर इसाई समाजका पूर्व अध्यक्ष समेत रहनुभएका अन्तर धार्मीिक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले युवाहरुमा बिना योजना, करियारका बारेमा योजना छनौट गर्न नसक्नु, युवाहरुमा निराशा र उत्तेजनाका कारण समस्या उत्पन्न हुने बताउनुभयो । पाष्टर राईले गोष्ठीबाट युवा विद्यार्थीहरुले सकारात्मक शिक्षा लिनुसक्नु नै महत्वपुर्ण उपलब्धी भएको बताउनुभयो ।
सो गोण्ठीमा दमकस्थित इलाका प्रहरी कार्यालयका प्रनि धनबहादुर राजवंशी, दमक नगर इसाई समाजका पूर्वअध्यक्ष तथा अन्तरधार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक इसाई समाजका सचिव पाष्टर अजय पाठक, सहसचिव एल्डर सुुरज लिम्बू लगायतको उपस्थिति थियो ।
