काठमाडौँ, १ असार—नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन निर्माणमा चनाखो भएर भूमिका निर्वाह सांसदहरूलाई निर्देशन दिएका छन् ।
पार्टी संसदीय दलको शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले कानुन निर्माणको पाटोमा चनाखो भएर भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले अध्यक्ष ओलीले सांसदहरूलाई जनसरोकारका मुद्दा संसद्मा मुखरित गर्न तथा ज्वलन्त मुद्दाहरूमा विशेष तयारीका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले संयुक्त सरकारको चरित्रबमोजिम बजेट आउन नसकेपछि राजनीतिक रुपमा बजेटलाई पारित गरेर जाने बताए । उनले सरकारलाई कमजोर बनाउने षड्यन्त्र भइरहे पनि वर्तमान सत्तारुढ समीकरणलाई मजबुत बनाएर अघि बढ्ने बताए ।
