काठमाडौं, २ असार–धनुषामा आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ। क्षीरेश्वरनाथ नगरपालिका(५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेको अवस्थामा प्रहरीले शनिबार राति फेला पारेको हो।

यादवको शव मिथिला नगरपालिका-५, स्थित औरही सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए।

हत्या आशंकामा श्रीमानलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *