तेह्रथुम, २६ असार–तेह्रथुमको म्याङलुङमा बुधबार नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाको नव निर्मित भवनको उद्घाटन भएको छ । कोशी प्रदेशका मुख्यमन्त्रि हिक्मतकुमार कार्कीले भवनको उद्घाटन गर्नुभयो । भवनको उद्घाटन संगै तेह्रथुमको पत्रकारिता पुस्तक विमोचन भएको छ ।

५३ लाख १९ हजार ८ सय ८५ रूपैयाँ ६२ पैसा लागतमा महासंघको भवन निर्माण र कार्यालय व्यवस्थापन भएको हो ।

तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार अक्षयकोष दाता राधिका पोख्रेल र भवन निर्माणका लागि जग्गा सहयोग गर्ने म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङ्फेलाई नेपाल पत्रकार महासंघ तेह्रथुमले तेह्रथुमे ढाका र सम्मान पत्रले सम्मान गरेको छ ।

कार्यक्रममा तेह्रथुम जिल्लाका ४ जना क्रियाशील पत्रकारहरूलाई पुरस्कृत भएका छन । तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कारबाट नगद ११ हजार १ सय ११ सहित नेपाल पत्रकार महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष महेन्द्र काफ्लेलाई पत्रकार महासंघले पुरस्कृत गरेको छ ।

तेह्रथुम पत्रकारिता विकास पुरस्कारबाट नगद ५ हजार ५ सय ५५ सहित रेडियो मेन्छ्यायेमका स्टेशन मेनेजर भगिश्वर लिम्बु, आर्थीक पत्रकारिता पुरस्कारबाट नगद १ हजार १ सय ११ सहित रेडियो आठराईका तुलसी सिटौला र तेह्रथुम महिला पत्रकारिताबाट नगद १ हजार १ सय ११ सहित रेडियो मेन्छ्यायेमकी बबिता राईलाई पुरस्कार वितरण गरिएको थियो ।

भवन निर्माणमा सहयोग गर्ने प्रदेश सरकार, स्थानीय तह र कार्यालयहरूलाई महासंघले कदर पत्र सहित सम्मान गरेको छ ।

तेह्रथुम क्रियाशिल पत्रकारिता पुरस्कारको लागि लालिगुराँस( ९ सोल्मा निवासी राधिका पोखरेल र डा। सन्जिव सापकोटाद्वारा महासंघमा एक लाख अक्षयकोष स्थापना गरेका हुन । त्यस्तै पत्रकारिता विकाश पुरस्कार म्याङलुङ निवासी तेज ब। कार्की र उमा कार्कीले ५० हजारको अक्षयकोष स्थापना गरेका हुन ।

आर्थीक पत्रकारिता र तेह्रथुम महिला पत्रकारिताको लागि म्याङलुङमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था र म्याङलुङ निवासी स्व। सोमनाथ निरौलाले १०र१० हजारको अक्षयकोष स्थापना गरेका छन ।

कार्यक्रम नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत कुमार बास्तोलाको अध्यक्षतामा भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *