काठमाडौं, २९ असार–प्रहरी जवान पदका लागि अर्कै व्यक्तिको नाममा परीक्षा दिन पुगेका ६ जना पक्राउ परेका छन् । आज (शनिबार) भएको प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रित शाहीको परीक्षा दिने अभिषेक शाही, हिक्मतबहादुर थापाको परीक्षा दिने इशाक तामाङ, शर्मिला शाहीको सट्टामा परीक्षा दिने तृप्ति सुन्दास, रोशन खत्रीको परीक्षा दिन पुगेका पारस बुढा, सविन महराको नाममा परीक्षा दिन पुगेका रवीन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिन पुगेका दिनेश चन्द रहेका प्रहरीले जनाएको छ ।

तीन जनालाई प्रहरी वृत्त बानेश्वर, दुई जना प्रहरी वृत्त गौशाला र एक जनालाई प्रहरी वृत्त सिंहदरबारमा राखेर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *