काठमाडौं, २ साउन–स्पेनिस क्लब रियाल मड्रिडले फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ।

रियालमा एमबाप्पेले नौ नम्बरको जर्सी लगाउने छन्। सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजी छाडेका एम्बाप्पे फ्रि–ट्रान्सफरमार्फत रियाल भित्रिएका थिए।​

एम्बाप्पे र रियालबीच पाँच वर्षको सम्झौता भएको छ। रियालले एम्बाप्पलाई पारिश्रमिकबापत प्रति सिजन १ करोड ५० युरो दिनेछ। २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पिएसजी आएका एमबाप्पे २०१८ मा स्थायी खेलाडी बनेका थिए।

उनले हालसम्म पिएसजीका लागि उनले १७८ फ्रेन्च लिग वान खेलमा १६२ गोल गरे। पिएसजीमा रहदा एम्बाप्पेले ६ सिजन फ्रेन्च लिग र चार सिजन फ्रेन्च कोपा डे जितेका थिए।

अनुबन्धपछि उनले आफूले बच्चामा रियालबाट खेल्न देखेको सपना पूरा भएको बताएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *