लोकेन्द्रबहादुर चन्द

काठमाडौं, २ साउन–पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द उपचारका लागि अस्पताल भर्ना भएका छन् । स्वास्थ्य समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो ।

पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई डेङ्गु र टाइफाइड देखिएपछि बुधवार भर्ना गरिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सचिवालय सदस्य केशवप्रसाद श्रेष्ठले अस्पतालको भीभीआइपी कक्षमा उपचार चन्दको भइरहेको जानकारी रातोपाटीलाई दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *