दमक, ४ साउन–झापाको दमकमा साउन ८ गते बुधबार इसाई धर्मावलम्बीहरुले वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । दमक नगर इसाई समाजको आयोजना हुने ४५औं रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोग रहने भएको छ ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनुसार समाजको आयोजनामा ४५औं वृहत खुल्ला रक्तदान कार्यक्रम हुने र त्यसका आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । आज (शुक्रबार) दमकस्थित टी टाईम होटलमा पत्रकार भेटघाट गरेर इसाई समाजले मा दमकमा ४५औं वृहत खुल्ला रक्तदान कार्यक्रम र त्यसका तयारीका बारेमा जानकारी गराएको हो । दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा रक्तदान हुने दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभएको छ । सो रक्तदानमा वृहत सहभागिता गराइने पत्रकार भेटघाटमा जानकारी गराएको छ ।

समाजका अध्यक्ष पाष्टर राईका अनुसार दमकको विभिन्न वडाहरुमा ३४ वटा चर्चहरु सञ्चालनमा छन् । पाष्टर राईले दमकमा संस्थागत रुपमा दमक नगर इसाई समाज सवै भन्दा बढी रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्था भएको पनि बताउनुभयो । वहाँले इसाई धर्मालम्बीहरुलाई एकताको सुत्रमा बाँँधेर सामाजिक सेवा गर्नका लागि दमक नगर इसाई समाज स्थापना भएको बताउनुभयो ।

त्यस्तैं, रक्तदान कायक्रमको संयोजक समेत रहनुभएका दमक नगर इसाई समाजका उपाध्यक्ष पाष्टर हेमन्त सुब्बाले रक्तदानमा दमकका सवै नागरिकको सहभागिताका लागि आग्रह गर्नुभयो । वहाँले र्रक्तदान कार्यक्रममा दमकको सामाजिक संघसंस्था र बुद्धिजीविहरुको सहयोग र सहभािगता आवश्यक रहेको बताउनुभयो ।

दमक नगर इसाई समाजका सल्लाहकार संयोजक तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापा अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले रगतको अभाव बढ्दो अवस्थामा देखिएको कारण दमक नगर इसाई समाजले रक्तदान कार्यक्रमलाई बर्षेनी आयोजना गर्दै आइरहेको बताउनुभयो । वहाँले जुनसुकै धर्ममा आस्था राख्नेहरु र जुनसुकै जाति वा समुदायका मान्छेको रगत रातै हुने भएकोले रक्तदान कार्यक्रममा उत्साहका साथ सहभागिता हुन पत्रकार भेटघाटमा बताउनुभयो ।

सो पत्रकार भेटघाटमा दमक नगर इसाई समाजका पूर्व अध्यक्ष पाष्टर दावा शेर्पा, पाष्टर डेके बेधा, पाष्टर चन्द्र राई, पाष्टर सन्तोष रणपहेली, दिदी बहिनी संगती दमककी अध्यक्ष रोजी शेर्पा, एल्डर पावल राई, दमक नगर इसाई समाजका सहसचिव एल्डर सुरज लिम्बूलगायतको उपस्थिति थियो ।

कार्यक्रममा पत्रकार एबम् पाष्टर डिकेन्द्र बस्नेत लगायत अन्य विभिन्न सञ्चाल माध्यमहरुमा कार्यरत पत्रकारहरुको उपस्थिती थियो । सो कार्यक्रमको सञ्चालन दमक नगर इसाई समाजका सचिव पाष्टर अजय पाठकले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *