भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल

काठमाडौ, ५ साउन–भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गरी विकासका कार्यक्रमहरुलाई गति दिइने बताएका छन् ।

मन्त्रालयमा सरोकारवालाहरुसँगको अन्तरक्रियामा उनले नीतिगत रुपमा कुनै समस्या भएका त्यसलाई सरकारले समाधान गर्ने र विकास निर्माण कार्यलाई अवरुद्ध हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

उनले निर्माण व्यवसायी, यातायात व्यवसायी तथा अन्य सरोकारवालाहरुसँग भएको अन्तरक्रियामा अब कुनै पनि निर्माणका आयोजनाहरु अवरुद्ध हुन नदिने समेत विश्जवास दिलाए ।

विकास निर्माण कार्यलाई तिव्रता दिई समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिमा साझेदारी गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले आह्वान पनि गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *