पर्सा, १६ भदौं–पर्सामा पछिल्लो पटक कोराना संक्रमणबाट २ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा एक जना वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका ५३ वर्षीय पुरुष रहेका छन्। अर्का अन्दाजी ६० बर्षीय पुरुषको भने पहिचान खुल्न नसकेको नारायणी अस्पतालका सूचना अधिकारी डा अतुलेश कुमार चौरसियाले बताए। ५३ वर्षीय पुरुषको गएको साउन ३० गते स्वाव कलेक्सन गरी परीक्षण भएकोमा ३१ साउनमा संक्रमण पुष्टि भएको थियो।

सोही समयदेखि उनलाई नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा राखेर उपचार भइरहेकोमा गएराति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको डा चौरसियाले बताए। त्यस्तै, घरबारविहीन अर्थात् अर्का सडक यात्रीको भने वीरगन्ज स्थित नारायणी अस्पतालको इमर्जेन्सी कक्षमा गएराति ८ बजेर ४५ मिनेटमा ज्यान गएको नारायणी अस्पतालले जनाएको छ।

बेवारिस अवस्थाका उनलाई पनि शनिबार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी जिन एक्सपर्ट प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो। ती व्यक्तिको पनि परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताका सूचना अधिकारी डा चौरसियाले बताए। पछिल्लो पटक मृत्यु भएका २ संक्रमितसहित पर्सामा मात्र मृत्यु हुनेको कुल संख्या ३९ पुगेको छ।

सोमबार दिउसो ३ बजेर २० मिनेटमा मृत्यु भएका ८० वर्षीय पुरुषसहित मृतक ३७ जना पुगिसेको जिल्ला प्रशासन कार्यालयले जनाइसकेको छ। मंगलबार बिहान पुष्टि भएकाहरुको विवरण भने सार्वजनिक नगरिएको प्रशासन कार्यालय पर्साले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *