पर्सा, १६ भदौं–वीरञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकमा आइसीयू कक्षमा उपचारका क्रममा बाराका ६० वर्षीय पुरुषको आज विहान चार बजेर ५० मिनेटमा निधन भएको अस्पतालका प्रवक्ता डा अतुलेष चौरसियाले जानकारी दिए।
मधुमेहका बिरामी उनलाई भाद्र १० नारायणी अस्पतालमा ल्याइएको र ११ गते कोरोना पुष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो।
