एजेन्सी, १६ भदौं–स्पेनिस स्टार फुटबलर डेभिड सिल्भालाई कोरोना भाइरस संक्रमण देखिएको छ। म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै अहिले घरेलु क्लब रियल सोसाइडेडमा आवद्ध भएका सिल्भा आइसोलेसनमा रहेका छन्।

सिल्भालाई कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको क्लबले जनाएको छ। उनी अहिले सेल्फ आइसोलेसनमा बसिरहेका छन्। ३४ वर्षीय सिल्भा केही दिनअघि मात्रै स्पेनिस क्लब रियल सोसाइडेडमा अनुबन्धित भएका थिए। १० वर्ष इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलेका उनको सम्झौता गत सिजनको अन्त्यमा सकिएको थियो।

सिटीसँगको सम्झौता सकिएसँगै उनले घरेलु क्लबसँग दुई वर्षको सम्झौता गरेका छन्। १० वर्षे अवधिमा सिटीबाट सिल्भाले ४३६ खेल खेल्दै १४ उपाधि सिटीलाई जिताउँदा महत्त्वपूर्ण भुमिका खेलेका छन्। सिल्भा स्पेनले सन् २०१० को विश्वकप फुटबलको उपाधि जित्दा टिमको मुख्य सदस्य थिए।

त्यस्तै, सन् २००८ र २०१२ को युरो कपको उपाधि स्पेनले जित्दा पनि उनी मुख्य खेलाडीका रुपमा रहेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *