काठमाडौँ, ८ साउन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुक समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको बताउनु भएको छ।
सोमबार पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा बोल्दै सम्मानित नेता खनालले उक्त कुरा बताउनु भएको हो। उहाँले ५८ वर्ष लगाएर जनवादी क्रान्ति सम्पन्न गरेको बताउदै अबको युग भनेको समाजवादी क्रान्तिको युग भएको स्पष्ट पार्नुभयो।
सम्मानित नेता खनालले अगाडि भन्नुभयो, ‘पुष्पलालले पार्टी स्थापना गर्नुको अर्थ के थियो ? आज हामीले पाटी स्थापना गरेका छौँ । यसको मुल लक्ष्य के हो ? जो हामी सकैले पनि विपनामा मात्रै होइन, सुत्दाखेरी पनि स्मरण गर्नुपर्ने विषय भनेको पार्टीको लक्ष्य हो। पार्टीको लक्ष्य बिर्सनाले कसैलाई उग्रवामपन्थी बनाइदिन्छ भने कसैलाई दक्षिणपन्थी बनाईदिन्छ।’
नेता खनालले अगाडि भन्नुभयो, ‘पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गर्दा मुलत पाँच वटा उद्देश्य राख्नु भएको थियो। पहिलो उद्देश्या सामान्तवादीको अन्त्य गर्ने, दलाल नोकरशाही पूँजिवादको अन्त्य गर्ने, तेस्रो साम्राज्यवादको अन्त्य गर्ने, नेपाललाई गणतन्त्रवादी मुलुक बनाउने र पाँचौ नेपाललाई समाजवादी दिशामा अघि बढाउने । यी पाँचवटा विषयलाई हामीले कहिल्यै पनि भुल्नु हुँदैन।

