बेलबारी, ८ साउन–मोरङको बेलवारी नगरपालिका–७ हल्दिबारीमा सोमबार ५१ वर्षीया पन्तिदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार साँझ ७ बजे आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएकोमा उपचारका क्रममा डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
