काठमाडौं, १६ भदौं–चितवनको चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा मंगलबार विहान २ बजेर ४० मिनेटमा निधन भएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा १५ गते कोरोना पुष्टि भएको थियो। चितवनमा कोरोनाबाट संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ। मृत्यु हुनेमा चितवनका ९ र मकवानपुरका ४ जना छन्। सोमबार मात्रै चितवनमा तीन जना कोरोना संक्रमितको मृत्युपछि कोरोना पुष्टि भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *