काठमाडौं, १६ भदौं–दोहाबाट आज भएको ३१औं र ३२औं उडानबाट आज २९७ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु कोरोनाबाट सिर्जित असहज परिस्थितिका कारण स्वदेश फर्किएका हुन् ।
दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सबाट गरी जम्मा २९७ नेपाली स्वदेश फर्किएका हुन् ।
आज दोहाबाट काठमाडौं उडेका दुवै उडानमा समावेश भएका सबैको कोरोना पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको दूतावासले जनाएको छ ।
