काठमाडौं, १० साउन–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बिहीबार बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ।

बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन गर्ने लगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने नेता पाण्डेले जानकारी दिए। पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन्।

सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एक सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *