काठमाडौं, ११ साउन–कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मी गएराति पौने ११ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन।

उनको शव अहिले अस्पतालमै रहेको र बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धान्जलीका लागि राखिने बताइन्।

नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ। उनको आजै अन्त्येष्टि गरिने छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *