दमक, १३ साउन–दमकका स्वास्थ्यकर्मी, युवा व्यवसायी, सामाजिक अगुवा बद्री बरालले सर्जिकल पसल सञ्चालनमा ल्याएका छन् ।
दमक–६ मस्जिद लाइनको आफनै भवनबाट उनले आजदेखि ग्लोबल मेडिल्याब एण्ड सर्जिकल पसल सञ्चालनमा ल्याएका हुन् ।
उक्त सर्जिकलको आज (आइतबार) दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, तृतीय उपाध्यक्ष रुबल अधिकारी, व्यवसासी रमेश लुइँटेल, नेत्र चम्लागाई लगायत सञ्चारकर्मीहरुको उपस्थितिमा उद्घाटन गरिएको थियो ।
लामो समयदेखि सर्जिकल ब्यबसायमा संलग्न बरालले सर्जिकलका थोक तथा खुद्रा समानहरु सुपथ मूल्यमा उपलव्ध गराउने बताए ।
