बिर्तामोड, १४ साउन–प्रतिबन्धित लागूऔषधसहित झापाको बुद्धशान्तिबाट आज एकाघरका दाजुभाई पक्राउ परेका छन् ।
आइतबार साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका( ४ सट्टाभर्नामा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा स्थानीय २५ वर्षीय सम्बर राईलाई शङ्का लागेर जाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर भेटिएको थियो ।
सम्बरसँगै कोठामा रहेका उनका भाइ २३ वर्षीय सुरेन्द्र राई समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
