पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, १५ साउन–नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज सकिने भएको छ। शुक्रबारदेखि जारी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिएर सकिन लागेको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीहरूले पार्टी वर्गीय धरातलमा फर्किनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर संगठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

संगठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए।

नेताहरूले उठाएको प्रश्नको आज दिउँसो १ बजे बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने छन्। पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवं सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र संगठन विस्तारलाई विशेष प्राथमिकतामा राखेर नेताहरूले धारणा राखेका थिए।

नेताहरूको धारणालाई सश्लेषण गरेर अध्यक्ष प्रचण्डले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने माओवादीको तयारी छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *