बिर्तामोड, १५ साउन–बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न एक जना अमिनसहित चार सदस्यीय जग्गा पहिचान समिति गठन गरेको हो ।

वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल सदस्य रहनेगरि समिति गठन गरीएको हो।

आगामी भदौ मसान्तभित्रमा जग्गा पहिचान गरि प्रतिवेदन पेश गर्ने गरि समिति गठन गरीएको नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो ।बिर्तामोडमा अहिलेसम्म सार्वजनिक शौचालय नहुनु गम्भिर रहेको बताउँदै उहाँले अब प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

नगरका प्रवक्ता तथा समितिका संयोजक अग्निप्रसाद पाण्डेले सरकारी अथवा कुनैदाताको सहयोगमा जग्गा प्राप्तिका लागि कार्य अघि बढाइने बताउनु भयो । उहाँले कार्यपालिकाले दिएको समयभित्र काम सम्पन्न गर्नेगरी आजैदेखि अघि बढ्ने बताउनु भयो । नगरपालिकालाई सार्वजनिक शौचालय निर्माणको लागि संघिय सरकारबाट १ करोड रुपैयाँ बजेट प्राप्त भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *