काठमाडौँ, १७ साउन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम बैठक निरन्तर चलिरहेको छ।
बैठक बस्ने क्रममा साउन १६ गते बसेको केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो।
पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदलले भोलि (शुक्रबार) बस्ने बैठकमा केन्द्रीय कमिटी र आयोगका सदस्यहरूको नाम, संख्या प्रस्तुत गर्नेछ।
गते असार १६(२१ सम्म चलेको पार्टी दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो। साथै तत्कालिन पोलिटब्यूरो सदस्यलाई केन्द्रीय कमिटीमा चयन गरेको थियो।
९३ जनाको केन्द्रीय कमिटी बैठकले बुधबार पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिवलाई केन्द्रीय कमिटीलाई पूर्णता दिन प्राधिकार दिएको थियो।
