हिक्मत कार्की

बिराटनगर, १८ साउन–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैंकमार्फत बजेटमा योजनाहरू समावेश गरेर अगाडि बढ्न सके बजेटमा देखिएको समस्याहरू निरूपण भएर जाने बताएका छन्। योजना एकातिर बजेट अर्कोतिर हुने परिपाटीलाई अन्त्य गर्न यस्तो गर्न लागिएको कार्कीको भनाइ छ।

प्रदेश योजना आयोगद्वारा शुक्रबार विराटनगरमा आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाई आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।

उनले भने, ‘हामीले योजना एकातिर र बजेट अर्कोतिर हुने परिपाटी अन्त्य गर्न योजना बैंक कसरी बनाउने र कसरी कार्यान्वयनमा लैजाने भन्ने छलफल गरिरहेका छौँ। आगामी दिनमा त्यस्तो हुन दिँदैनौँ।’

योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए। योजनाहरू कार्यान्वयनमा प्रदेशसभा सदस्य, राजनैतिक नेतृत्व, विकासका साझेदार र नागरिक समाजसँग आवश्यक छलफल गरी कार्यान्वयन गरिने सुनाए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *