दमक, १६ भदौ-झापाका १४ सहित प्रदेश १ मा कोरोना भाइरसका ८७ जना नयाँ संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा समान १ जनामा संक्रमण पुष्टि भएको हो।

सुनसरीको इनरुवा नगरपालिकामा ४ महिला २२ पुरुष, इटहरी उप महानगरपालिकामा ३ महिला १८ पुरुष, दुहवी नगरपालिकामा ३ महिला ४ पुरुष, धरान उप महानगरपालिकामा १ महिला १ पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यसैगरि, मोरंगको विराटनगर महानगरपालिकामा ३ महिला ७ पुरुष, बेलबारी नगरपालिकामा २ महिला १ पुरुष र रतुवामाई नगरपालिकामा २ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

दमकमा ३ महिला ५ पुरुष, बाह्रदशीमा १ महिला ३ पुरुष, गौरीगञ्ज र कमल गाउँपालिकामा समान १ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

पहाडी जिल्लातर्फ पाँचथरको फिदिममा १ पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा १ महिलामा कोरोना संक्रमण मन्त्रालयले पुष्टि गरेको छ। प्रदेश भर हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५४ पुगेको छ।

अर्कोतर्फ प्रदेशमा मंगलबार १४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२, रंगेली नगरपालिकास्थित कोभिड १९ आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका हुन्। प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ३ पुगेको छ।

प्रदेशमा आज १ हजार १ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २१ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *