काठमाडौँ, २२ साउन–पुराना कम्युनिष्ट नेता–चिन्तक विश्लेषक सिद्धिलाल सिंह, कमल कोइराला, गोपीरमण उपाध्याय, न्हुछे बहादुर ढुकुजु, नारायण प्रसाद वैद्यलगायतले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई बधाई ज्ञापन प्रदान गर्नुभएको छ।

आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर उहाँहरूले एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएकोमा अध्यक्ष नेपाललाई बधाई तथा कार्य सफलताको शुभकामना दिनुभएको हो।

बधाई ज्ञापनपत्रमा भनिएको छ, सर्वप्रथम गत असार १६ गतेदेखि २१ गतेसम्म काठमाडौँमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयनहुनु भएकोमा हार्दिक बधाई एवं शुभकामना अर्पण गर्दछौँ।

ऐतिहासिक १०औं राष्ट्रिय महाधिवेशनको यस गरिमामय अवसरमा हामीले आ(आफनो क्षेत्रबाट नेपालको कम्युनिष्ट आन्दोलनमा पुऱ्याएको योगदानको उच्च मुल्यांकन गर्दै हामीलाई सम्मान गर्नु भएकोमा अध्यक्ष कमरेड एवं समग्र पार्टीपंक्तिप्रति हार्दिक आभार प्रकट गर्दछौ ।

पार्टीबाट हामीप्रति देखाइएको सम्मान हामीले व्यक्तिगत रूपमा नेपालको कम्युनिष्ट आन्दोलनमा पुरयाएको योगदानको उच्च मुल्यांकन त हो नै, त्यो, समग्र आन्दोलनप्रति पार्टीको समर्पणभाव समेत हो भन्ने हामीले ठानेका छौं।

साथै यस्तो सम्मान कार्यक्रमले देश र जनताप्रति समर्पित रहन आगामी पुस्ताहरुलाई समेत उत्प्रेरित गर्दै जाने भएकोले यस्तो सम्मान कार्यक्रम पार्टीको तल्लो कमिटीदेखि केन्द्रिय स्तरसम्म पनि आगामी दिनमा निरन्तर जारी रहने छ भन्नेमा हामी आशावादी छौं।

अन्तमा पार्टीले दर्शाएको सम्मानले हाम्रो काँधमा जिम्मेवारी थपेको अनुभुत गर्दै हाम्रो बलबुताले भ्याएसम्म आउँदा दिनमा देश र जनताप्रति समर्पित हुदै नेपालको कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउन योगदान पुयाउदै जाने संकल्प दोहोयाउछौं।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *