सुरुङ्गा, २२ साउन–पहिचानको मुद्दालाई एकीकृत भएर उठाउने उदेश्यले तीन वटा पार्टी एकीकरण भएर बनेको नेपाल जनमुक्ति पार्टीले झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
पहिचान तथा स्वायत्तताको आन्दोलन र बि।सं। १८३१ को तत्कालिन गोर्खा राज्य र लिम्बुवानबीच भएको नुनपानी सन्धिको बिषयमा आज (मंगलबार) पार्टीले अन्तरक्रिाय गरेको हो ।
लिम्बुवानसहितका पहिचानवादी पार्टीहरुले स्वायत्तताको आन्दोलन र बि।सं। १८३१ को तत्कालिन गोर्खा राज्य र लिम्बुवानबिच भएको नुनपानी सन्धि कार्यन्वयन नगरेको भन्दै साउन २२ गतेको दिनलाई कालोदिनको रुपमा लिदैं प्रत्येक बर्ष नेपाल बन्दको आव्हान गर्ने गरेका थिए । तर, यस बर्ष भने उक्त दिनको अवसर पारेर अन्र्तक्रिाय आयोजना गरिएको पार्टीका केन्द्रिय सचिव एलबी पालुङ्वाले जानकारी दिए ।
साउन २२ गतेलाई २०६६ सालदेखि कालोदिनको रुपमा लिदै प्रत्येक बर्ष लिम्बुवानजन्य पार्टीहरुले बन्द घोषणा गर्दै आएका थिए । राष्ट्रिय जनमुक्त पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति ९लोसपा० बीच ६ बुँदे सहमतिपछि पार्टीको नाम नेपाल जनमुक्ति पार्टी भएको गत साउन १६ गते बिर्तामोडमा घोषणा गरिएको थियो ।
नेपाल जनमुक्ति पार्टी किरात लिम्बुवान खम्बुवान प्रदेश समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको ब्यवस्थापन जिल्ला समिति झापाको रहेको थियो । नेपाल जनमुक्ति पार्टी किरात लिम्बुवान खम्बुवान प्रदेश समितिका अध्यक्ष पर्शुराम मगरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता सन्जुहाङ पालुङ्गाको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत पार्टीका केन्द्रिय उपाध्यक्ष भक्त खेवाङले गरेको कार्यक्रममा उपमहासचिव बिष्णु थाम्देनलले प्रस्तुत गरेको पार्टीको कार्यपत्र तथा अवधारणका बिषयमा बुद्धिजिवी देशु बनेमले टिप्पणी गरेका थिए । पार्टीको अवधारणाको बिषयमा टिप्पणी गर्दै बनेमले २०६४ चैत ६ गते सातै दलका नेतृत्वसँग बसेर भएको सहमति अझै कार्यन्वयन नहुनु दुःखको कुरा भएको बताए ।
बि.सं १८३१ कै अवस्थामा सन्धी गर्न नसकिएपनि अहिलेको परिवेश अनुसार सन्धी पालना हुनु पर्ने उनको जोड थियो । उनले सवै राजनीतिक दलले १८३१ को सन्धीलाई स्वीकार गरेपनि कार्यन्वयन नगरेको तर्क गरे । ‘राज्यमा स्वायत्तताको बहस चलिरेको छ’ नेता बनेमले भने ‘राजनीतिक दलहरुले पनि लिम्बुहरुलाई मान्यता दिएरै भातृ संगठनहरु गठन गरेका छन् ।’ तर, ४÷५ वटा सांसद दिने बहानामा अल्मलाएको जिकिर गर्दै संबिधान बनाउदा पनि धोका दिएको तर्कसहित उनले टिप्पणी गरे ।
राजाले गरेको सन्धी किन मान्ने भन्नु भन्दा पनि राजा पनि राज्य नै भएकाले उक्त सन्धी अहिलेको परिवेश अनुसार राज्यले मान्नु पर्ने बनेमले टिप्पणी गरेका छन् । प्रमुख अतिथिको सम्बोधन गर्दै पार्टीका नेता सञ्जुहाङ पालुङ्वाले १८१४ मा लिम्बुको राजपाट कसैले खोस्ने छैन र १८३१ मा तिमीहरु सवै राज्यकै भएको लालमोहोर भएको बताए । उनले १८३१ अघिको लालमोहोरले मात्र साउन २२ लाई कालोदिन भन्न सकिने बताउदै सवै पहिचानवादी एक भएर निरन्तररुपमा अधिकारी खोजी गर्नु पर्ने बताए ।
टिपोटकर्ता केन्द्रिय सचिव एलबी पालुङ्वा रहेका अन्तरक्रिया कार्यक्रममा बुद्धिजिवी टेकबहादुर खजुम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानबहादुर इम्वाङ, केन्द्रिय सचिवालय सदस्य लाहानसिंह तुम्वापो, प्रदेश नंपुनःनामाङ्करण सर्घष समितिका अध्यक्ष डकेन्द्र थेगिम, महासचिव रामभक्त कुरुम्वाङ, पहिचानवादी मोर्चाका केन्द्रिय सदस्य केदार धिमाल, नागरिक मुक्ति पार्टीका सह–महासचिव दिलकुमार लावतीलगायते आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल जनमुक्ति मोर्चाका कोशी प्रदेश सचिव कृष्ण थेवेले गरेका थिए ।
