दमक, २३ साउन–झापाको दमकस्थित किओच दमक बाल अस्पतालमा कान, नाक र घाटी (इएनटी) सम्बन्धी विशेषज्ञ सेवा विस्तार गरिएको छ ।

किओच अस्पतालले नवजातदेखि १८ वर्षसम्म उमेर समूहका बालबालिका तथा किशोर किशोरीहरुको इएनटी सम्बन्धी विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु गरेको जनाएको छ ।

अस्पतालले दमकमै पहिलो पटक अत्याधुनिक उपकरणद्वारा श्रवण शक्तिको परीक्षण सुरु गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा.जयमणी श्रेष्ठले बताए ।

डा.जयमणी श्रेष्ठका अनुसार यस किसिमको सेवा विस्तार पछि बालबच्चामा हुदैआएका कान नसुन्ने समस्याको पहिचान र उपचारमा सुविधा पुग्ने छ । यो किसिमको समस्या भएका विरामीले विशेषज्ञ इलाज लिन दमक बाहिर जानुपर्ने समस्या रहदैआएको थियो ।

दमक ७ स्थित नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको भवनमा सञ्चालन हुदैआएको यस बाल अस्पतालमा दैनिक दुई सयका हाराहारीमा बालबालिकाहरुले उपचार सेवा लिदैआएको छ ।

यसैगरि, किओच अस्पतालमा गर्भमा रहेको शिशुको मुटुको अवस्था जाँच सम्बन्धी सेवासमेत सुचारु गरिसकेको मेसु डा.श्रेष्ठ बताउँछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *