काठमाडौं, २४ साउन–भोलि शुक्रबार कोशी प्रदेशले सार्वजनिक बिदा दिएका छन्।
कोशी प्रदेश सरकारले ३०औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भोलि प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए।
