दमक, २४ साउन–समुदायमा नेपाली कांग्रेस कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस दमक ८ वडा समितिले वडाका ज्येष्ठ तथा असहायहरुलाई छाता वितरण गरेको छ ।
दमक-८ स्थित गणेश मन्दिरमा आज (बिहिबार) कार्यक्रम गरि वडाका गरिव तथा विपन्न ६० जना ज्येष्ठ, एकल तथा असहायहरुलाई छाता वितरण गरेको वडा सभापति चन्द्र खत्रीले बताए ।
बर्षा तथा गर्मी छल्न लक्षित समुदायलाई छाता वितरण गरिएको वडासभापति खत्रीले बताएका छन् ।
कांग्रेस जिल्ला उपसभापति शेरवहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा महासमिति सदस्यहरु सुरेस सुब्बा, कांग्रेस कोशी प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, भूमिराज राई, महासमिति सदस्य आइन्द्रराज केरुङ, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको उपस्थिति रहेको थियो ।
त्यस्तैं, सोही कार्यक्रममा दमक नगर उपसभापति सागर खनाल, दमक–५ वडा सभापति चेतन्य बराल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सहमहामन्त्री तेजबहादुर धिमाल, नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष गोकुल श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
