काठमाडौँ, २५ साउन—सिक्किममा भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको उद्‍गम बिन्दु९गहिराइ० १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा समेत महसुस भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

त्यस्तै नेपालको पूर्वी भेगमा समेत भूकम्पको धक्का महसुस गरिएको कान्तिपुरका जिल्ला संवाददाताहरूले जनाएका छन् । त्यस्तै बंगलादेश र भुटानका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *