दमक, २६ साउन–नेकपा (एमाले) झापाको जिल्ला कमिटीको दोश्रो बैठकले जिल्ला कमिटीका नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

आज (शनिबार) बिर्तामोडस्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला कमिटीको कार्य विभाजन गर्दै केही नेताहरुलाई जिल्ला कमिटीमा मनोनित समेत गरेको हो । बैठकले वडा इन्चार्ज, विभागीय जिम्मेवारी र जनसंगठनको इन्चार्ज तोकेको एमाले झापाले जनाएको छ ।

बैठकले आगामी कार्ययोजना, आपानि अध्ययन आदिबारेमा छ्लफल गरि निर्णय पनि लिइएको जिल्ला कमिटी उपाध्यक्ष शिव ढुगेलले जानकारी दिए ।

बैठकमा बैठकमा जिल्ला कमिटी अध्यक्ष प्रेम गिरीले पार्टीका तत्कालिन जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य विशाल भट्टराईलाई दोसल्ला ओढाएर सम्मानसहित बिदाई गरिएको थियो ।

पार्टीको केन्द्रीय कमिटीबाट हालसालै जिल्ला इञ्चार्जको जिम्मेवारी पाएका केन्द्रिय सदस्य रोमनाथ ओली, केन्द्रीय कमिटी सदस्यमा मनोनित इन्द्र भण्डारी, केन्द्रीय सल्लाहकार चिन्तन पाठक र निर्वाचन क्षेत्र,प्रदेश तहको इन्चार्ज पाउने केन्द्रीय सदस्यहरुलाई स्वागत सम्मान गरिएको थियो ।

भट्टराई १४ महिना अघि झापामा पार्टीको इन्चार्जको जिम्मेवारी लिएर आएका थिए । जिल्ला कमिटी अध्यक्ष गिरीको अध्यक्षतामा बसेको बैठकमा सबै स्थानीय तह अर्थात पालिका कमिटीका अध्यक्ष तथा प्रतिनधिहरुले लिखित रिपोटिङ्ग गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *