काठमाडौँ, २७ साउन–काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेर एक युवाले आत्महत्या गरेका छन्।

अस्पतालको छैटौँ तलाको एस क्याफे रहेको स्थानबाट हाल्फालेर गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीवृत्त महाराजगञ्जका अनुसार उनी क्याफेमा केहीबेर कफी पिएर बसेका र त्यसपछि हाम्फालेका पाइएको छ । त्यहाँ उनी नियमित कफी खान जाने गरेका थिए।

प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले घटना दिउँसो ३ बजेतिर भएको बताए। उनी असपतालसँग सम्बन्धित नरहेको पाइएको छ । उनले यसरी किन आत्महत्या गरे भन्नेबारेमा भने अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *