नारायणमान बिजुक्छे

भक्तपुर, २७ साउन–नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पद र योग्यताअनुसार व्यवहार गर्न आवश्यक रहेको बताएका छन्।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो ठाउँ, पद, योग्यता अनुसार व्यवहार गर्नु नै शिष्टाचार हुने जिकिर गरे।

उनले पदअनुसारको व्यवहार गर्न जान्नसके मात्रै सफल भइने बताए। उनले जीवन संघर्ष भएकाले सिकेर अघि बढ्न सुझाव दिए।

उनले भने, ‘हामी आफ्नो ठाउँअनुसार, पदअनुसार, योग्यताअनुसार ठाउँमा बस्नुपर्छ। त्यो नै शिष्टाचार हो। पदअनुसारको व्यवहार हामीले गर्नुपर्छ। जीवन संघर्ष हो भन्ने हामीलाई थाहा छ, हामीले सिक्नुपर्छ। जुन विषयमा कमजोर छौँ त्यसमा बढी जोड दिनुर्पछ। संघर्ष गरिरहनु पर्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *