काठमाडौँ, २७ साउन–नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।
भ्रष्टाचार बिरोधी अभियानमा अवरोध आउने खालका कुनैपनि गतिविधि नगर्न पनि सरकारलाई बैठकले सचेत गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मुलुकको पछिलले राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्दैै जनताको कुरा सुनेर काम गर्न पनि सरकारलाई सुझाव दिनुभएको थियो ।
उहाँले संक्रमणकालिन न्याय सम्बन्धि विधेयकमा दलहरुबीच सहमति भएर अघि बढ्ने कुरा सुखद् भएको पनि बताउन भएको प्रवक्ता सापकोटाले बताउनु भयो ।

