झिलझिले, १७ भदौ–झापाको झिलझिलेस्थित उत्तरमा रहेको पर्यटकीयस्थल सतासीधाम जाने बाटोको किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा एक युवकको सव फेला परेको छ ।

राजमार्गदेखि करिब १ कि.मी उत्तर रतुवामाई बृक्षारोपण आयोजना भित्र सतासीधाम जाने बाटो किनारमा धारिलो हतियार प्रयोग गरेर घाँटी काटिएको अवस्थामा पुरुषको सव फेला परेको हो ।

हत्या गरिएको युवा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने २९ वर्षीय ‘गोमन शिंह’ भनिने गोविन मगर रहेको वडाध्यक्ष भैरवकुमार श्रेष्ठले बताए । उनका अनुसार मंगलबार साँझदेखि मगर हराईरहेका थिए । उनको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको सवको प्रकृती देख्ने स्थानीयले बताएका छन् । उनको सव बुधबार बिहान १० बजे तिर फेला परेको हो ।

घटना स्थल देखि १०० मिटर उत्तर दुरीमा एउटा मोटर साईकल पनि फेला परेको छ । स्थानीय बासीका अनुसार घटना स्थल नजिक फेला परेको मोटर साइकल करिब १ महिनादेखि उनैले चलाउदै आएका थिए ।

समाचार श्रोतका अनुसार नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *