राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी

काठमाडौँ, २९ साउन–राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतामा पनि बंगलादेश झैँ आक्रोश रहेको तर तत्काल युवा नभएकाले सडक आन्दोलन नहुने दाबी गरेका छन् । प्रतिनिधि सभामा बोल्दै उनले नेपाली शासकहरूको सौभाग्य देशमा युवाहरू नभएकाले सडक आन्दोलन हुन नसकेको दाबी गरे ।

‘बंगलादेशको घटनाले सबैको मनमा चिसो पसेको छ । मैले त्यसअघि नै भन्दै आएको छु । सत्ता र शक्तिमा बस्दा जे गर्दा पनि हुन्छ । सत्तामा बसेर मात्र जोगिन्छु भन्ने कुराबाट होसियार हुनुहोस्,’ उनले भने, ‘ बंगलवादेशको बाढी नेपालमा पस्ला होस् गरौँ रु’

उनले नेताहरूप्रति नेपाली जनतामा व्यापक आक्रोश रहेको तर अहिले युवा नभएकाले आन्दोलन पनि नहुने बताए । ‘सडक आन्दोलन गर्नेहरू विदेश गएकाले अहिले भाग्यले साथ दिएर सडकमा आन्दोलन गर्ने विद्यार्थी छैनन्,’ उनले भने, ‘अव अहिले शासकहरूलाई सौभाग्य ठुलो सङ्ख्यामा विदेशमा भएकाले तत्काल बंगलादेशको अवस्था आउन छैन । तर, यस्तै रहे कुनै दिन हुनसक्छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *