धरमपुर, ३० साउन–झापाको शिबसताक्षी–१ धरमपुरमा साप्ताहिक बुधबार सञ्चालन हुँदैं आइरहेको धरमपुर बजार नवौं वर्षमा प्रवेश गरेको छ ।
धरमपुर बजार व्यस्थापन समितिले आज (बुधबार) ८औं वर्ष पुरागरी नवौं वर्ष प्रवेश गरेको अवसरमा हाँठ–बजारका व्यवसायीहरुलाई मिठाई खुवाउनुका साथै खाजा–पानी वितरण गरिएको छ ।
सो अवसरमा व्यवसायीहरुलाई बजार व्यवस्थापन समितिको तर्फबाट बजार सञ्चालन गरेको नवौं वर्ष प्रवेश भएको भन्दैं शुभकामना पत्र समेत प्रदान गरिएको धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहाुदर (कुमार) जोशीले जानकारी दिए ।
बजार व्यवस्थापन समितिका अध्यक्ष जोशीसहित सल्लाहकार समिति संयोजक चन्द्रवीर नेम्बाङको नेतृत्वमा बजारमा व्यवसाय गर्ने व्यवसायीहरुलाई मिठाई खुवाउनका साथै खाजा–पानी वितरण गरिएको हो ।
बजार व्यवस्थापन समितिका सचिव मोहन सेउचुरीले स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बिक्री तथा वितरण गर्न र कतिपय सामाग्रीहरु खरिद गर्नका लागि टाढा–टाढाका बजारसम्म पुग्नुपर्र्ने बाध्यता सामाधान गर्न धरमपुर चौकमा बुधबार साप्ताहिक बजार लगाउन सुरु भएको बताए । उनले बजारलाई नियमित सञ्चालन गर्न र बजारमा व्यवसायीहरु र ग्राहकहरुलाई आउने वातबरण तयारी गर्न अनेकौं खालका कार्यक्रमहरु आयोजना गरिदैं आइरहेको बताए ।
