काठमाडौं, ३१ साउन–नेपाल टेलिकमको नाफा घटेको छ। कूल आयमा कमी आएसँगसँगै खुद मुनाफामा पनि कमी आएको हो।

सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ। उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कूल ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो। यस अनुसार नेपाल टेलिकमको कूल आय आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी आएको छ।

नेपाल टेलिकमको कूल सञ्चालन आय पनि ४.९९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ थियो। उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँले कमी हो।

आर्थिक वर्ष २०७९/८० मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो।

आय नै घटेकाले आर्थिक वर्ष २०८०/८१ मा खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ मात्र छ। उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँले कम हो।

अघिल्लो आर्थिक वर्ष खुद मुनाफा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *