दमक, २ भदौं–झापाको बुद्धशान्ति ४ मंगलबारे बजारमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । सो प्रहरी पोष्टमा प्रहरी सहायक निरिक्षक (असई) नेतृत्वमा चार जना प्रहरी जनशििक्त टोली कार्यरत रहने छन् ।

आज (आइतबार) स्थापना गरिएको प्रहरी पोष्टको उदघाटन झापा क्षेत्र नं १ का प्रमतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गर्नुभएको छ ।

सांसद शर्माको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको विशेष आतिथ्य रहेको थियो ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन केसी एवं स्थानीय जनप्रतिनिधिहरु, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमपछि वक्ताहरुले स्थानीयस्तरमा शान्ति सुरक्षा मजबुत बनाई राख्न प्रहरी पोष्टले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *