दमक, ७ भदौ–झापाका दमकस्थित दमक उद्योग वाणिज्य संघको ३४औं स्थापना दिवस तथा बार्षिकोत्सवको अवसरमा दमकमा अन्तर वस्तुगत फुटसल प्रतियोगिता आयोजना गरिएको छ ।
अन्तर वस्तुगत फुटसल प्रतियोगिताको पहिलो दिन भएका खेलहरुमा विजयी हासिल गर्दै होटल व्यवसायी संघ दमक र जुत्ता चप्पल व्यवसायी संघको टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तर्गत थप चरणका खेलहरु भोली भाद्र ७ गते बिहान सञ्चालन भई बिहान ११ बजेदेखि उपाधिका लागि फाइनल खेल हुने र समापन कार्यक्रम गरिने उवासंघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।
