दमक, १७ भदौ–झापाका पाँच स्थानीय तहका १४ जनामा आज कोरोना पुष्टि भएको छ । झापाको कमल गाउँपालिका, हल्दिबारी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाका पाँच महिला र नौ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कमल-३ मा तीन पुरुष र तीन महिला गरी छ जना स्थानीय, मेचीनगर-६ का तीन जना पुरुष (भारतबाट आएका), बिर्तामोड-५ र ६ मा एक महिला र दुई पुरुष-एक जना भारतबाट र दुई जना चितवनका), हल्दिबारी–५ का एक स्थानीय र गौरीगञ्ज-२ का भारतबाट आएका एक जना रहेको कार्यालयले जनाएको छ ।
