पाडाजुँगी (कमल), ८ भदौ–झापाको कमल–५ पाडाजुंगीस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न निर्वाचनमा नेपाली कांग्रेसहितको लोकतान्त्रिक साझा समूहले शनिवार उम्मेदवारी घोषणा गरेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको संयुक्त गठबन्धनको सो समूहले पाडाजुंगीस्थित रोडस्टार पार्टी प्यालेसमा औपचारिक कार्यक्रम गरि कार्यसमिति तथा लेखा समितिमा आफना उम्मेदवार सार्वजनिक गरेका हुन् ।

सो साझा समूहबाट अध्यक्षमा कांग्रेसका राजकुमार न्यौपाने (राजु), उपाध्यक्ष कांग्रेसकै दिनेश अधिकारी, सचिवमा माओवादी केन्द्रका निधिरत्न अधिकारी र सहसचिवमा एकीकृत समाजवादीबाट विमला भट्टराईलाई उम्मेद्धवार घोषणा गरेको छ ।

खानेपानीको धारा रहेका उपभोक्ता रहेको कमल गाउँपालिकाको कमल ४,५,६ र ७ वडालाई ५ वटा क्षेत्र निर्धारण गरिएअनुसार उमेदवारी घोषणा गरिएको हो ।

जसमध्ये क्षेत्रन। १ बाट सदस्यतर्फ पुण्य खतिवडा,कमला राई (गुरुङ), क्षेत्र न–२ बाट भीष्म सिटौला, लोभिता राई (सविता) र क्षेत्र न–३ बाट कृष्णबहादुर पाण्डेलाई उम्मेदवार बनाएको छ ।

यसैगरी क्षेत्र न–४ बाट प्रेमबहादुर कार्की, सावित्रा दाहाल (उप्रेती), क्षेत्रन ५ बाट टंक चम्लागाई र नैनकला सेढाईलाई सदस्यको उम्मेद्धवार बनाएको छ ।

यसैगरी लेखा समिति संयोजकको उम्मेद्धवार धर्मानन्द भट्टराई र सदस्यहरु सुरज कुमार कुमाल र मोनिका राईलाई उम्मेद्धवार घोषणा गरेको छ । लेखा संयोजक भट्टराई वर्तमान लेखा समिति संयोजक समेत हुन् ।

कांग्रेस कमल सभापति खगेन भण्डारीको अध्यक्षतामा भएको उम्मेद्धवार घोषणा कांग्रेस कोशी प्रदेशकासदस्य तथा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको थियो ।

त्यस अवसरमा अध्यक्षका प्रत्यासी न्यौपानेले खानेपानी उपभोक्ताहरुको हितका लागि आफूहरुले काम गर्ने प्रतिवद्धता गरे ।कार्यक्रममा साझा समूहले खानेपानीको विविध विषयलाई समेटेर २४ वुद्धे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको थियो ।

लखनपुर खानेपानीका उपाध्यक्ष राजेन्द्र संग्रौलाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा प्रमुख अतिथि राई, माओवादीका कोशी प्रदेशका नेता गगन पुरी, कांग्रेस झापाका उपसभापति शेरवहादुर भट्टराई, कमल–५ का वडाअध्यक्ष एलवी विष्ट लगायतले बोलेका थिए ।

असोजको दोश्रो साता हुने खानेपानीको निर्वाचनमा यसअघि एमाले, जसपा र राप्रपाको गठबन्धनले पनि उम्मेदवारी घोषणा गरिसकेको छ । सो गठबन्धनबाट कमल–५ का पूर्व वडाअध्यक्ष समेत रहेका एमालेका डम्बरबहादुर निरौलालाई अध्यक्षमा उम्मेदवार बनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *