एजेन्सी, १७ भदौं–फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन स्टार नेमारसहित तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ सिजन सुरुवातको अभ्यास सत्र सुरु हुनु अघि खेलाडीको कोरोना टेस्ट गरिएको थियो।

पिएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको बताए पनि नाम उल्लेख गरेको थिएन्। तर क्लब स्रोतलाई उदृत गर्दै फ्रेन्च मिडियाहरुले नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण भएको दाबी गरेका छन्।

कोरोनाका कारण फ्रेन्च लिग पूरा नहुँदै पिएसजीलाई च्याम्पियन घोषित गरिएको थियो। नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजा बीचमा छुट्टी मनाउन गएका थिए। युइएफए च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दे पहिलो पटक फाइनल पुग्न सफल पिएसजी उपाधि भिडन्तमा भने जर्मन जायन्ट बायर्न म्युनिखसँग पराजित भएको थियो।

फ्रान्सेली लिगको नियम अनुसार अब पीएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ। लिगको नियम अनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ। च्याम्पियन्स लिगका कारण उसको लिग खेल १० सेप्टेम्बरका लागि तय भएको थियो। अब खेलाडीमा कोरोना देखिएपछि क्लबले केहि दिनमै अन्य खेलाडी र टोली सदस्यहरुको कोरोना परीक्षण गर्नेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *