काठमाडौं, १० भदौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने प्रतिवद्धता जनाएका छन्।

नेपाल प्रहरी परिसर भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रहरीका सामून्य प्रतिवद्धता जनाएका हुन्।

उनले सरुवा बढुवाका लागि झोलामा पैसाको थैली बोकेर नेताहरुका घर घर नधाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

उनले काठमाडौं प्रहरी परिसर अत्याधुनिक भवनमा सरेकोमा उनले धन्यवाद दिँदै सेवा पनि गुणस्तरीय दिन निर्देशन दिए। कर्तव्य पालनका लागि उनले निष्पक्ष र दबाब रहित गर्न आग्रह गरे।

फरक प्रसंगमा ओलीले आफू हनुमान ढोकामा महिनौं बसेरको र त्यहाँको उडुससँग पनि परिचित रहेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *