काठमाडौं, १३ भदौं–नेकपा (एकीकृत समाजवादी) को नवनिर्वाचित पदाधिकारीसहितको केन्द्रीय कमिटी बैठक बिहीबार बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।

बैठकमा पार्टीका विभिन्न संरचना निर्माण तथा समसामयिक विषयमा छलफल हुने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए। एकीकृत समाजवादीले मंगलबार निर्वाचन प्रक्रियामार्फत पदाधिकारी चयन गरेको थियो। बुधबार निर्वाचनबाटै पोलिटब्यूरो चयन भएको छ। यो बैठकमा पदाधिकारीमा छुटेका चर्चित अनुहारको व्यवस्थापनका विषयमा समेत छलफल हुनेछ।

गत असारमा पार्टीको महाधिवेशन गरेको एकीकृत समाजवादीले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत छनोट गरे पनि अन्य पदाधिकारी थाती राखेको थियो।

पदाधिकारी चयनको जिम्मेवारी पाएको केन्द्रीय कमिटीले केन्द्रीय सदस्य संख्या विस्तार गरेर ३४४ सदस्यीय बनाएको थियो। तर सर्वसम्मत पदाधिकारी चयन गर्न सकेन। पछिल्लोपटक भदौ ९, १० र ११ गते केन्द्रीय कमिटी बैठक बसेपछि पदाधिकारी निर्वाचनबाट चयन गर्ने निर्णय भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *