दिनेश डीसी

काठमाण्डौं, १३ भदौं–सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्‌मा पठाइएको थियो।

डिसी सत्तारुढ एमाले निकट भातृ संगठनमा आवद्ध छन्।

उनी जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष समेत हुन्।

डिसीले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनयमा डेब्यु गरेका थिए।

उनले दाइको ससुराली, सावधान, मायाज बार, फूलैफूलको मौसम तिमीलाई, छ एकान छ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *