दमक–झापाको दमक–५ बेलडाँगी रोडस्थित सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले बिहिबार नवौं औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आर्थिक बर्ष २०८०।०८१ को समिक्षासहित चालू आर्थिक बर्ष २०८१/०८२ का लागि प्रस्तावित नीति, कार्यक्रम पारित गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

दमकको मारवाडी सेवा सदनमा आयोजित साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय क्षेत्रमा बढ्दो जोखिम र बजारमा आर्थिक चलायमानको सुनिश्चितता नभएका कारण कारोबार घट्दो दरमा देखिएको बताए ।

प्रस्तुत प्रतिवेदनमा अघिल्लो बर्षको तुलनामा संस्थाको शेयर पुँजी १२।०७ प्रतिशतले घटेको , बचतमा १०।५५ प्रतिशतले घटेको तर कोषमा भने ४ प्रतिशत भन्दा बढीले बृद्धि भएको उल्लेख छ । संस्थाले गत आर्थिक बर्षमा बाह्य ऋण ४५ प्रतिशत घटाएको पनि अध्यक्ष ओझाद्धारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।

अध्यक्ष ओझाले सहकारीहरुले एउटै बजार र क्षेत्र भित्र एकै व्यक्तिलाई गर्ने कर्जा लगानीका बिषयमा संस्थाहरुबीच समन्वयात्मक छलफल हुने गरेको पनि खुलासा गरे ।

मेनेजर्स क्लब झापामा आवद्ध क्रियाशील सहकारी संस्थाका व्यवस्थापकहरुबीच कर्जा लगानीको अवस्था र जोखिमको पूर्व आंकलन समेत हुने गरेको बताउँदै सोही अनुसार दमकका सहकारी संस्थाहरुले कर्जा लगानी गर्ने गरेको अध्यक्ष ओझाले खुलासा गरे ।

सो अवसरमा संस्थाले तोकेका मापदण्ड र शर्तहरुको पालना गर्ने शेयर सदस्यहरु करिब डेढ दर्जनलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सहसचिव कमलकुमार घिमिरे, मेनेजर्स क्लब झापाका अध्यक्षसमेत मेची सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले, राष्टिय सहकारी बैंक दमकका प्रवन्धक अर्जुन कार्की, कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष मणीकुमार भण्डारी लगायत सहकारी अगुवाहरुले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरणका बिषयमा बोलेका थिए ।

सभामा संस्थाका लेखा समिति संयोजक चुडामणी न्यौपानेले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए भने संस्थाका उपाध्यक्ष कुलबहादुर खत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक गोकुल न्यौपानेले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *